Tuesday, January 10, 2017

खानेपानीको चरम हाहाकार, जहाँ पानी सापटी मागेर बिरामीलाई औषधि खुवाइन्छ

काठमाडौं, पुस २७— काभ्रेको कोशीपारि क्षेत्रमा पर्ने माझीफेदा स्वास्थ्य चौकीमा पानीको चरम हाहाकार छ । जहाँ विरामीलाई औषधि खुवाउँदा पनि पानी सापटी माग्नु पर्ने स्थिति छ ।



स्वास्थ्य चौकीका इन्चार्ज उमेश ढकालले सेवाग्राहीको भन्दापनि बिहान बेलुकी खानेपानीको व्यवस्था कसरी गर्ने भन्ने चिन्ताले सताउने गरेको बताए । १२ वर्षअघि जनश्रमदानबाट निर्माण गरिएको स्वास्थ्य चौकीमा अझैसम्म पानीको व्यवस्था हुन सुकेको छैन ।



पानी नभएका कारण स्वास्थ्य चौकीमा चेकजाँच गर्न आएका विरामीलाई पानी खुवाउन नसकिएको उनले बताए ।पानी अभावका कारण शौच गर्न समेत झाडीतिर जानु पर्ने वाध्यता रहेको ढकालको अनुभव छ ।



स्वस्थ्य चौकीमा कार्यालय सहयोगीसहित ६ जनाको दरबन्दी छ । तर, अहिले तीनजना मात्र कार्यरत छन् । भएका कर्मचारी पनि पानी बोक्न टाढाटाढा जानु पर्ने भएपछि झनै अप्ठेरो भएको उनीहरुको भनाई छ आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।



No comments:

Post a Comment

Featured Post

Hackers Exploiting ProxyLogon and ProxyShell Flaws in Spam Campaigns

Threat actors are exploiting ProxyLogon and ProxyShell exploits in unpatched Microsoft Exchange Servers as part of an ongoing spam campaign

Popular Posts