Monday, January 9, 2017

विश्वकपमा सहभागी देश बढाउन मतदान हुँदै, पाँच विकल्प खुला



एजेन्सी
विराटनगर, पुस २५ ।
सन् २०२६ को विश्वकपमा ४८ देशलाई सहभागी गराउनेबारे मंगलबार फिफामा मतदान हुने भएको छ । यो अवधारणा गतवर्ष अध्यक्षमा निर्वाचित भएका जियान्नी इन्फान्तिन्होले अघि सारेका थिए ।



विश्व फुटबलको नियमनकारी निकाय फिफाका अध्यक्ष इन्फान्तिन्होले विश्वकपमा धेरैको समभागिता सुनिश्चित गर्न तीन टोली समावेश गरी १६ समूह बनाउने र प्रत्येक समूहको दुई टोली नकआउट चरणमा प्रवेश पाउने प्रस्ताव यसअघि गरेका थिए ।



यो प्रस्ताव पारित भएमा सन् १९९८ पछि विश्वकपमा सबैभन्दा धेरै देशको सहभागिता सुनिश्चित हुनेछ ।



फिफाले मंगलबार गर्न लागेको मतदानमा मतदातालाई पाँच विकल्पमा मतदान गर्न छुट दिएको जनाएको छ । फिफा काउन्सिल ३७ सदस्यीय रहेको छ । उनीहरूलाई मतदान गर्न दिइएको पाँच विकल्प यस्ता छन् :



  • ४८ टोलीलाई १६ समूहमा विभाजन गर्ने र समूहको शीर्ष दुई टोली नकआउट चरणमा पुग्ने । (जम्मा खेल संख्या ८०)


  • यो विकल्पमा पनि ४८ टोली हुनेछन् । सहभागीमध्ये पुच्छारका ३२ टोलीबीच नकआउट प्रतिस्पर्धा गराउने र त्यसको विजेताले छनौट भइसकेका १६ टोलीसँग प्रतिस्पर्धा गर्ने । (खेल संख्या ८०)


  • ४० टिमको सहभागिता गराएर १० समूहमा विभाजन गर्ने । समूहको १० विजेता र ६ उत्कृष्ट उपविजेतालाई नकआउट चरणमा प्रवेश गराउने । (जम्मा खेल संख्या ७६)


  • ४० टिमको सहभागिता गराउने र सहभागीलाई प्रत्येक समूहमा ५ टोली हुनेगरी आठ समूहमा विभाजन गर्ने । समूहका दुई टिम नकआउट चरणमा प्रवेश पाउने । (जम्मा खेल संख्या ८८)


  • विश्वकपको अहिलेकै फम्र्याटअनुसार गराउने । (जम्मा खेल संख्या ६४)

No comments:

Post a Comment

Featured Post

Hackers Exploiting ProxyLogon and ProxyShell Flaws in Spam Campaigns

Threat actors are exploiting ProxyLogon and ProxyShell exploits in unpatched Microsoft Exchange Servers as part of an ongoing spam campaign

Popular Posts