Wednesday, January 11, 2017

फिफा अवार्ड वितरण समारोहमा मेसी नगएपछि रोनाल्डोको व्यंग्य



एजेन्सी
ज्युरीच, पुस २७ ।
सोमबार राति स्विट्जरल्यान्डको ज्युरीचमा आयोजित फिफाको २०१६ फुटबल अवार्डमा पोर्चुगल एवं रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डोले ‘दि बेस्ट’ पुरुष खेलाडीको उपाधि हात पारे ।



फिफा वर्ष खेलाडी पुरस्कार वितरण समारोहमा बार्सिलोनाका कुनै खेलाडी भएनन् । लिओनेल मेस्सी, लुइस सुआरेज, अन्द्रेस इनिएस्टा र जेरार्ड पिके फिफा ११ मा पर्ने सम्भावना भए पनि बुधबार क्लबले खेल्ने खेलको बहाना देखाएर उनीहरू अनपस्थित रहे ।



त्यसक्रममा शीर्ष ३ जना खेलाडीमध्येका एक रहेका मेसी समारोहमा उपस्थित नहुँदा समारोह खल्लो भएको अभिव्यक्ति धरैले दिएका थिए ।



तर, त्यसै समारोहमा फिफा वर्ष खेलाडीको अवार्ड थाप्न मञ्च उक्लेका रोनाल्डोले भने बार्सिलोनाका खेलाडी कोही पनि नआएकोमा कडा व्यंग्य गर्न भ्याए ।





‘आज हामीमाझ बार्सिलोनाका खेलाडी छैनन् । र, म बुझ्छु कि, उनीहरू किन नआएका हुन्,’ रोनाल्डोले व्यांग्यात्मक तरिकाले हाँस्दै भने, ‘उनीहरू भएको भए माहोल अझ रमाइलो हुनेथियो ।’



रोनाल्डो मात्रै हैन, युभेन्टसबाट खेल्दै फिफा ११ मा पर्न सफल ब्राजिलक ड्यानी आल्भेसले पनि बार्सिलोनाका खेलाडी नआएकोमा असन्तुष्टि पोखेका थिए ।

No comments:

Post a Comment

Featured Post

Hackers Exploiting ProxyLogon and ProxyShell Flaws in Spam Campaigns

Threat actors are exploiting ProxyLogon and ProxyShell exploits in unpatched Microsoft Exchange Servers as part of an ongoing spam campaign

Popular Posts