Monday, January 9, 2017

एमालेको अवरोधले अब मधेसलाई अधिकार प्राप्तिबाट रोक्न सक्दैन:  ठाकुर

गौशाला,पुस २५ – तराई मधेस लोकतान्त्रिक पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले मधेसको माग छिट्टै पूरा हुने बताउएका छन्। महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज तमलोपाको नयाँ पार्टी कार्यालयको उद्घाटन गर्दै अध्यक्ष ठाकुरले अब मधेसको माग पूरा हुनबाट कसैले रोक्न नसक्ने दाबी गरेका हुन्।



सोही अवसरमा गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष ठाकुरले एमालेसहितका दलले संसद् अवरोध अथवा अन्य कुनै कार्यक्रम गरेर पनि अब मधेसलाई अधिकार प्राप्तिबाट रोक्न नसक्ने दोहोर्‍याए। उनले वर्तमान संविधान अपूरो र अधुरो रहेको तथा कसैले पनि संविधानको गलत व्याख्या गरेर कसैको अधिकार प्राप्तिमा रोक लगाउन नसक्ने भएकाले मधेसले पाउनुपर्ने सबै अधिकार दिलाएरै विराम लिने बताए।



उनले वर्तमान सरकारलाई संविधान संशोधनको विकल्प नरहेको र सबै नेपालीलाई समान हक अधिकार दिन संविधान संशोधन नगरी नहुने भएकाले सरकारले छिट्टै संविधान संशोधन गर्नेमा सबैलाई विश्वस्त रहन आग्रह गरे। अध्यक्ष ठाकुरले संविधान संशोधन बिना देशले निकास नपाउने र केही दलले चाहँदैमा सरकारले संविधान संशोधनको प्रक्रिया नरोक्ने तथा छिट्टै सम्पूर्ण नेपालीको माग पूरा हुने गरी संविधान संशोधन हुने बताए। रासस



No comments:

Post a Comment

Featured Post

Hackers Exploiting ProxyLogon and ProxyShell Flaws in Spam Campaigns

Threat actors are exploiting ProxyLogon and ProxyShell exploits in unpatched Microsoft Exchange Servers as part of an ongoing spam campaign

Popular Posts