Thursday, January 12, 2017

पूर्ब राजा स्वदेश फिर्ता, आफन्तलाई मात्र जानकारी दिईएकाले समर्थकहरु पनि स्वागतमा छुटे(तस्विरमा)



करिब २ साताको थाईल्याण्ड बसाई पश्चात पूर्ब राजा ज्ञानेन्द्र शाह आज साढे बाह्र बजे स्वदेश फिर्ता भएका छन् । पूर्बराजा ज्ञानेन्द्र संगै पूर्ब रानी कोमल पनि स्वदेश फिर्ता भएकी हुन् ।



पूर्ब राजा ज्ञानेन्द्र शाह आज स्वदेश फर्कने कुरा उनका नजिकका आफन्त बाहेक कसैलाई जानकारी नदिइएकाले पूर्व राजाका समर्थकहरु पनि यो पटक उनको स्वागतमा छुटेका छन् ।



पछिल्लो समयमा पूर्ब राजाको निरन्तर बक्तब्य र देशप्रतिको चासोले पुनः दबिएर बसेका राजसंस्था समर्थकहरु पनि खुलेर प्रश्तुत हुन थालेका छन् । त्यसैगरी मौन बसेका राजसंस्था समर्थकहरु र अरु दलमा छिरेका पुराना समर्थकहरु पनि पूर्ब राजाको समर्थनमा उत्रिएको देखिन थालेका छन् ।



२०६२\६३ को परिवर्तन पछि एमाले प्रवेश गरेका पञ्च्यायत समर्थक कटक बहादुर कठायत पनि आज राजाको स्वागत गर्न एअरपोर्ट पुगेको देखियो । उनले भने, म एमालेमा प्रवेश गरेपनि दरबारको समर्थक थिएं र अहिले पनि हो । कुनै पार्टिमा प्रवेश गर्दैमा दरबार नमान्ने भन्ने हुन्छ र ? राजा त सबैका साझा पो हुन, उनि कुनै दलका प्रतिनिधी त होईनन् । कठायतको बुझाईमा देशमा पुनः राजसंस्था आउनुपर्छ तब मात्रै राष्ट्रिय एकताको जग बलियो हुन सक्छ ।



पुस ६ गतेको कठयाग्रिंदो जाडोमा आएको पूर्ब राजाको बिज्ञप्तिले एकाएक नेपाली राजनीतिलाई ततायो । पूर्ब राजाको उक्त बक्तब्यको बिरोध र समर्थनमा सत्ता साझेदार र देशका ठूला नेताहरु पनि बोले । पूर्ब राजाको बक्तब्यको समर्थनमा जनताहरु पनि सामाजिक संजालमा सक्रिय भए । जन्मजातै दरबार र राष्ट्रियताको नारा लगाउने राष्ट्रिय सरोकार मंच पछि हटने कुरो थिएन, पूर्ब राजाको बक्तब्यको समर्थनमा पछिल्लो दिन बृहत दलबलका साथ राजधानीको मुटु रत्नपार्कमा समर्थन सभाको आयोजना गर्यो । सरोकार मंच शान्ति बाटिकामा मात्र सिमित रहेन, बिरगंज र धनगढीमा पनि समर्थनमा रयाली र बिज्ञप्तिहरु निकाल्यो ।



हिजो मात्रैं पृथ्वी जयन्ती मनाउन सिंहदरबारको पृथ्वी शालिक अगाडि जम्मा भएकाहरुमा थोरै मात्रामा भएपनि पूर्ब पंचहरु र तत्कालिन पंच्यायत समर्थकहरु देखिए । पृथ्वीनारायण शाहलाई माल्यार्पण गर्ने बहानामै भएपनि उनिहरुले लामो समयपछि राजाको कार्यक्रममा उपस्थित हुन पाउँदा हर्ष महशुष गरेको देखियों । राजा बिरेन्द्रको समयमा दरबारको बिशेष अधिकृत समेत रहेका डा. शाष्त्रदत्त पन्त, पशुपति शमशेर जबरा लगायत पुराना राजसंस्था समर्थकहरु कार्यक्रममा देखिए ।



पूर्ब राजाको निरन्तर बिज्ञप्ति र देशप्रतिको चाँसो तथा सुतेर बसेका राजसंस्था समर्थकहरु बिउझदै जानु र सक्रिय हुंदै जानुले राजसंस्था पुनः स्थापित होला त भन्ने प्रश्न आम सर्बसाधारणमा देखिन्छ । अर्कातिर सामाजिक संजाल लगायत चिया पसलमा राजाको समर्थनमा हुने बहसहरुले राजनैतिक उथल पुथलको अनुमान गर्न सक्ने प्रशस्त ठाउँ देखिन्छन् ।



तस्विर:किशोर खड्का



Published on January 12, 2017 at 3:20 am



Loading…

No comments:

Post a Comment

Featured Post

Hackers Exploiting ProxyLogon and ProxyShell Flaws in Spam Campaigns

Threat actors are exploiting ProxyLogon and ProxyShell exploits in unpatched Microsoft Exchange Servers as part of an ongoing spam campaign

Popular Posts