Thursday, January 12, 2017

मध्यरातमा न्याय परिषद्को बैठक, उच्च अदालतका ८२ न्यायाधीशको टुंगो, को–को छानिए ? (सूचीसहित)

काठमाडौं, पुस २९—न्याय परिषदको बिहीबार मध्यरातमा बसेको बैठकले उच्च अदालतका ८२ न्यायाधीशहरुको नामवली टुंगो लगाएको छ । बिहीबार राति नियुक्त गरेका न्यायाधीशलाई संविधानको धारा १४० (१) अनुसार नियुक्ति तथा पदस्थापन गरेको नयाँ परिषद्को निर्णयमा उल्लेख छ।



प्रधानन्यायाधीश सुशीला कार्की, कानुनमन्त्री अजय शंकर नायक र माओवादीद्वारा परिषद सदस्य नियुक्त पदम वैदिक सहभागी बैठकले न्यायाधीश नियुक्ति गरेको हो । नियुक्त भएका न्यायाधीशबारे परिषदले औपचारिक जानकारी दिएको छैन । ५ सदस्यीय परिषदले बहुमतको आधारमा न्यायधीश नियुक्ति गरेपनि यसले विवाद बढाउने देखिएको छ ।



न्यायपरिषदको बैठकमा सर्वोच्चका वरिष्ठ न्यायाधीश वैद्यनाथ उपाध्याय र बार एशोसियसनबाट न्याय परिषदमा प्रतिनिधित्व गर्ने सदस्य रामप्रसाद सिटौला भने सहभागी थिएनन् ।



हेर्नुहोस् नवनियुक्त न्यायाधीशहरुको सूची



No comments:

Post a Comment

Featured Post

Hackers Exploiting ProxyLogon and ProxyShell Flaws in Spam Campaigns

Threat actors are exploiting ProxyLogon and ProxyShell exploits in unpatched Microsoft Exchange Servers as part of an ongoing spam campaign

Popular Posts