Wednesday, January 11, 2017

अमेरिका छिर्न खोज्ने २५ नेपाली देशनिकाला



अमेरिकी सरकारको युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले एक रिपोर्ट सार्वजनिक गर्दै अमेरिकाबाट २५ जना नेपालीहरूलाई अमेरिकाबाट देशनिकाला गरिएको जनाएको छ । उनीहरुमध्ये प्राय मेक्सिकोबाट गैर कानुनी रूपमा अमेरिका छिर्ने प्रयास गर्दा सीमाक्षेत्रमा समातिएकाहरु हुन् । उनीहरू आर्थिक वर्ष २०१६ को अवधि अमेरिकाबाट देशनिकालामा परेकाहरु हुन् । युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस)का अनुसार कुनै उन्मुक्तिबिना अमेरिकाबाट देशनिकाला हुने नेपालीहरू प्रायसबै गैरकानुनी रूपमा अमेरिका छिर्ने क्रममा सिमाक्षेत्रमा युएस कस्टम एण्ड बोर्डर प्रोटेक्सन (सीबीपी) अधिकारीहरुसँगको जम्काभेटमा समातिएकाहरु हुन् ।



यस अघि सन् २०१५ मा युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले २३ जना नेपालीहरूलाई अमेरिकाबाट देशनिकाला गरेको थियो । उनीहरू मध्ये प्राय मेक्सिकोको बाटो हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्दा सिमाक्षेत्रमा ठुलो सङ्ख्यामा पक्राउ परेकाहरु नै थिए । उनीहरूलाई अमेरिकी सरकारको युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले पक्राउपछि केहीसमय जेलमा राखेर नेपाल फिर्ता पठाएको हो ।



कस्ता व्यक्ति अमेरिकाबाट देशनिकालामा परे ? के गरे देशनिकालाबाट बच्न सकिन्छ ? यसबारे न्युयोर्कका चर्चित कानुन व्यवसायी खगेन्द्र जीसीसँगको विशेष कुराकानी हेर्न यहाँ क्लिक गर्नुहोला ।



डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको रिपोर्ट अनुसार सन् २०१६ मा मा अमेरिकी सरकारले विश्वभरका २ लाख ४० हजार २ सय ५५ जनालाई अमेरिकाबाट देशनिकाला गरेर फिर्ता पठाएको छ । जसमध्ये ६५ हजार ३३२ जना आइसका अधिकारीहरुले अमेरिकाभित्र गिरफ्तार गरेकाहरु हुन् । तीमध्ये ६० हजार ३ सय १८ जना अपराधीहरु हुन् । त्यस्तै आइसका अधिकारीहरुले १ लाख ७४ हजार ९२३ जनालाई सिमाक्षेत्रमा पक्राउ गरेर डिपोर्ट गरेका छन् ।



यसअघि सन् २०१५ मा २ लाख ३५ हजार ४ सय १३ जनालाई युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले मात्र अमेरिकाबाट देशनिकाला गरेर फिर्ता पठाएको थियो, जसमध्ये ९० हजार १ सय ३ जना सीमा क्षेत्रबाट गैरकानुनी रूपमा अमेरिका छिर्ने तर कुनै अपराधमा संलग्न नहुनेहरु थिए भने ५ हजार ९ सय ४२ जना गैरकानुनी रूपमा अमेरिकामा बस्दै आएकाहरु थिए । बाँकी १ लाख ३९ हजार ३ सय ६८ जना गैरकानुनी रूपमा अमेरिका छिर्ने आपराधिक पृष्ठभूमि भएकाहरु थिए ।



आर्थिक वर्ष २०१६ मा युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले विश्वका १ सय ८५ देशका व्यक्तिलाई अमेरिकाबाट देशनिकाला गरेको छ । अमेरिकाबाट देशनिकालामा पर्नेमा नेपालीहरू ६६ औँ नम्बरमा छन् । गतबर्ष युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले विश्वका १ सय ८१ देशका व्यक्तिलाई अमेरिकाबाट देशनिकाला गर्दा नेपालीहरू ७४ औँ नम्बरमा रहेका थिए ।



गत वर्षको तुलनामा यो वर्ष धेरै नेपालीहरू आइसमार्फत डिपोर्टेशनमा परेका छन् । नेपालमा गएको विनाशकारी भूकम्पपछि अमेरिकी सरकारले अमेरिकामा रहेका नेपालीहरूका लागि टेम्पोरेरी प्रोटेक्टेड स्टेटस प्रदान गर्ने घोषणा गरेपछि गतबर्ष कैयन नेपालीहरू देशनिकाला हुनबाट बचेका थिए । तर सन् २०१५ को जुन २४ भन्दा पछि पक्राउ परेकाहरुलाई भने टीपीएसले बचाउन सकेन । खसोखासबाट



Published on January 11, 2017 at 10:28 am



Loading…

No comments:

Post a Comment

Featured Post

Hackers Exploiting ProxyLogon and ProxyShell Flaws in Spam Campaigns

Threat actors are exploiting ProxyLogon and ProxyShell exploits in unpatched Microsoft Exchange Servers as part of an ongoing spam campaign

Popular Posts