Sunday, January 8, 2017

नेपाली चेली तेरिया मगर फाईनलमा, भोट गर्न आग्रह



काठमाडौं, २५ पुस । भारतीय टेलिभिजन शो ‘झलक दिखला जा’ मा प्रतिष्पर्धारत नेपालको रुपन्देही जिल्लाकी तेरिया फौजा मगर उपाधि नजिक पुगेकी छन् ।



‘डान्स इन्डिया डान्स, लिटिल्स मास्टर्स २०१४’ को उपाधि जितेर वाहवाही कमाएकी तेरिया फेरि भारतकै कलर्स टेलिभिजनले देखाइरहेको ‘झलक दिखला जा’ को फाइनल राउण्डमा पुगेकी छन् । तेरियाले फाइनलमा ‘झलक दिखला जा’ कै पूर्व विजेता सलमान युसुफ खान र हिपहप च्याम्पियनसिपका विजेता सनातनु महेश्वरीलाई उछिन्न् पर्नेछ । सलमानले त आफ्नो प्रतिद्वन्दी तेरियालाई नै मानेका छन् । उनले आफ्नो प्रतिष्पर्धा तेरियासंग मात्र हुने बताएका हुन् । उपाधि नतिजाका लागि जनवरी १४ देखि २१ सम्म भोटिङ खुल्ला हुँदैछ । भोटिङका लागि भारतमा हुनेले sms बाट ter टाइप गरी ५६८८२ पठाउन सक्नेछन् भने नेपाललगायत संसारका कुनै पनि ठाउँबाट अनलाइनमा http://bit.ly/2iU68eo मा गई भोट गर्न सक्ने छन् ।

No comments:

Post a Comment

Featured Post

Hackers Exploiting ProxyLogon and ProxyShell Flaws in Spam Campaigns

Threat actors are exploiting ProxyLogon and ProxyShell exploits in unpatched Microsoft Exchange Servers as part of an ongoing spam campaign

Popular Posts